फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले इरान र खाडी क्षेत्रमा बढ्दो तनावका बीच नागरिक पूर्वाधारहरूलाई निशाना बनाएर गरिने हमलाहरू तत्काल रोक्न आह्वान गरेका छन्। इरान र कतारका ग्यास उत्पादन क्षेत्रहरूमा मिसाइल आक्रमणका खबरहरू सार्वजनिक भएपछि राष्ट्रपति म्याक्रोनले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिरसँग यस गम्भीर विषयमा टेलिफोन वार्ता भएको जानकारी दिए। उनले ऊर्जा र पानी आपूर्ति जस्ता अत्यावश्यक सुविधाहरूमा भइरहे...