५ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले टर्किस क्लब गालातासारेमाथि प्रभावशाली जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । गएराति घरेलु मैदान एनफिल्ड मा भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले ४-० को जित निकाल्दै समग्रमा ४-१ को अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो । लिभरपुलको जितमा डोमिनिक सोबोस्लाइ, ह्युगो एकिटिके, रायन ग्राभेनबेर्च […]