गगन थापाको राजीनामादेखि रवि लामिछानेको फेरिएको बोलीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा पत्र बुझाएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।  हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा पत्र बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएल...