मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

 मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उहाँका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो । चालु आव...