मध्यपूर्वको तनावले भयानक रूप लिन थालेको छ । इजरायलले इरानको सबैभन्दा ठूलो र रणनीतिक महत्त्वको 'साउथ पार्स' ग्यास भण्डारमा शक्तिशाली आक्रमण गरेपछि मध्यपूर्वमा ऊर्जा युद्ध शुरू भएको हो । विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिने यस क्षेत्रको इरानी भागमा बुधबार भएको आक्रमणबाट ग्यास ट्याङ्की र प्रशोधन उपकरणहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। यो विशाल ग्यास क्षेत्र इरान र कतारको साझा क्षेत्र हो, जहाँ भएको क्षतिले विश्वकै ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर धक्का पुर्याएको छ...