मध्यपूर्वमा अन्त्यहीन युद्ध ! ट्रम्पको उद्देश्य नै अस्पष्ट- इजरायललाई हतार छैन, इरान कुनै हालतमा नझुक्ने

मध्यपूर्वको तनावले यतिबेला भयानक र अभूतपूर्व रूप लिन थालेको छ। इजरायलले इरानको सामरिक महत्त्वको 'साउथ पार्स' ग्यास भण्डारमा शक्तिशाली आक्रमण गरेपछि यो संघर्ष अब केवल सैन्य अड्डामा सीमित रहेन, बल्कि 'ऊर्जा युद्ध' मा परिणत भएको छ। विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिने यस क्षेत्रको इरानी भागमा बुधबार भएको भीषण आक्रमणले ग्यास ट्याङ्की र प्रशोधन उपकरणहरूमा ठूलो क्षति पुर्‍याएको छ। यो विशाल ग्यास क्षेत्र इरान र कतारको साझा क्षेत्र हो, जहाँ भएको क्षतिले विश्वकै ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर धक्का पुर्&zw...