अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो खेलजीवनमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ३८ वर्षीय मेसीले आफ्नो खेलजीवनमा नौ सय गोलको कोशेढुङ्गा पार गरेका हुन् । कन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ टोलीबीचको भिडन्तको दोस्रो लेग खेलका क्रममा बिहीबार बिहान मेसीले आफ्नो खेलजीवनको नौ सयौँ गोल पूरा गरेका हुन् । मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेल्छन् । इन्टर मियामी र न्यासभिल एससीबीचको उक्त खेल १–१ गोलको बराबरीमा सकिएको छ । मेसीले निर्धारित समयको सातौँ मिनेटमै उक्त ऐतिहासिक गोल गरेका थिए । ...