सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगरस्थित कञ्चनबारी शाखामा भएको करिब ५ करोड हिनामिना प्रकरणमा अर्को रहस्य खुलेको छ । बैंकभित्रै बसेर गरिएको यो ‘इन्साइडर’ घोटालामा १३ जना नक्कली ऋणी खडा गरी कूल ४ करोड ९१ लाख ५२ हजार १३ रूपैयाँ ६५ पैसा हिनामिना गरिएको तथ्य सार्वजनिक भएको छ । बैंकको आन्तरिक लेखापरीक्षण (अडिट)का क्रममा खुलेको यो बदमासीको प्रकृति निकै चलाखीपूर्ण र योजनाबद्ध देखिन्छ । कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई उनीहरूको जानकारीबिना नै धितोका रूपमा प्र...