शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा बागमती युथ क्लबले जीत हासिल गरेको छ । ललितपुरस्थित च्यासल स्टेडियममा सम्पन्न खेलमा बागमती युथ क्लबले आर.एस. रिसोर्ट एन्ड बिच फुटबलमाथि ५–४ गोलको प्रतिस्पर्धात्मक जीत हासिल गर्यो । विजयी टोलीका लागि अस्मिता मगर र दीक्षा रनपालले दुई–दुई गोलको योगदान गरे । अर्को एक गोल भने प्रजिता राईले गरेकी थिइन् । अस्मिताले निर्धारित समयको नवौँ र ७०औँ तथा दीक्षाले ६०औँ र ७६औँ मिनेटमा गोल गरे । प्रतिजाले भने निर्धारित समयको ५२औँ मिनेटमा गोल ...