नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ । चालु आर्थिक वर्षको साउन महिनापश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ । नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्ग...