कैलालीस्थित टीकापुर सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी बल नेपालका डीएसपी प्रदीप पौडेलमाथि हातपात भएको छ । गुल्मभित्रै छिरेर केही युवाले उनीमाथि हातपात गरेका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार, तस्करीको केही सामान बरामद गरेको विषयमा विवाद हुँदा उनीमाथि युवाहरू हातपातमा उत्रिएका हुन् । डीएसपी पौडेलमाथि गरिएको अभद्र व्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस घटनाबारे सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । छानबिनका लागि गुल्मका अधिकांश सुरक्षाकर्मीलाई फिर्ता बोलाउने...