बुटवल-नारायणगढ यात्रा सरर, असारअघि नै मिल्नेछ दाउनेको जामबाट मुक्ति

वर्षौंदेखि सास्ती खेपिरहेका यात्रुहरूले अब बुटवलदेखि नारायणगढसम्म आरामदायी यात्रा गर्न पाउने भएका छन् । पूर्व–पश्चिम राजमार्गको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको दाउन्नेको जामबाट मुक्ति मिल्न लागेको हो ।  ११४ किलोमिटरको नारायणगढ– बुटवल सडकको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय महत्त्वको यो सडक आयोजनालाई ४९ किलोमिटर बुटवलदेखि–दाउन्नेसम्म पश्चिम खण्ड र ४९ किलोमिटर दाउन्नेदेखि गैडाकोटसम्म पूर्वी खण्ड गरेर छुट्ट्याइएको छ । यी दुवै खण्डको काम आगामी असार मसान्तभित्रै सम्पन्न हुन लगेको आयोजनाले ज...