५ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि रोमाञ्चक जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा बागमतीले पोखरालाई ५–४ को गोलअन्तरले पराजित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आरएस पोखरा पराजित हुन पुग्यो । पोखराकी गीता श्रेष्ठले सातौं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । […]