धादिङका स्थानीय तहका जनप्रतिनिधिले रास्वपा सांसद आशिका तामाङको निर्देशनमा ‘अब्जेक्सन’ जनाएका छन् । धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी थिइन् । मलेखुबाट ताल्तीसम्म जाने ठूला मालबाहक सवारी साधनसँग कर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले फेसबूकमार्फत जानकारी गराएकी थिइन् । उनको निर्देशनमाथि विमती जनाउँदै धादिङका १३ वटै गाउँपालिकाका प्रमुख/उपप्रमुखहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद तामाङलाई संविधानको व्यवस्था सम्झाएका छन् । ...