राशिद र भुर्तेलको अर्धशतकमा पुलिस क्लबले गर्‍यो जय ट्रफीको उपाधि रक्षा

५ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि राशिद खानले सर्वाधिक ८१ रन बनाए । […]