जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताको तेस्रो दिन बिहीबार पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । दुई सय २७ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको पुलिस क्लबले ६ विकेटको नोक्सानीमा दुई सय ३० रन बनाउँदै लक्ष्य पार गर्यो । दोस्रो पालीमा पुलिस क्लबका लागि रासिद खान र कुशल भुर्तेलले अर्धशतक बनाए । रासिद खानले एक सय २८ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ८१ रनको योगदान गरे । कुशल...