दुई दिन भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना, विशेष सतर्कता अपनाउन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही चैत ६ गते शुक्रबार र ७ गते शनिबार विशेष सतर्कता अपनाउन भनेको छ ।  यो दुई दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो । शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।  साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका ज...