राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसूर फिर्ता लिने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको हो । यो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको थियो । लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखी बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संशोधन गरेकी थ...