सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको मुद्दामा संशोधित निर्णय पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ । रविमाथि लागेको लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने भनी महान्यायाधिवक्ता कार्यालयले गएको पुस ३० गते गरेको निर्णय मात्र पेश भएकाले त्यसपछि माग २ गते अन्य प्रतिवादीको हकमा भएको निर्णय समेत पेश गर्न सर्वोच्चले आदेश दिएको हो । आदेशमा भनिएको छ– यसमा लिखित जवाफ व्यहोराबाट मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र संशोधनका ...