गगनको राजीनामाले कांग्रेसमा तरंग- सभापतिको थमौती होला कि बिदाइ ?

पार्टी सभापति गगनकुमार थापाको राजीनामापछि नेपाली कांग्रेस अर्को संकटमा फसेको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि गगनले नैतिकताका आधारमा राजीनामा बुझाएका हुन् । उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गरेर गगनले राजीनामा दिएपछि यतिबेला कांग्रेस वृत्त तरंगित बनेको छ । राजीनामा पत्रमा गगनले पार्टी पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा ऊर्जाका साथ अघि बढ्ने उल्लेख गरेका छन् ।  गगनको राजीनामाबारे विभिन्न कोणबाट यसको चर्चा भइरहेको छ । नैतिकता देखाएर राजीनामा दिनु ठीक भनेर सा...