सरकार गठनबारे रास्वपाका शीर्ष नेता छलफलमा जुटेका छन् । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएसँगै रास्वपाका नेताहरू छलफलमा जुटेका छन् । भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् । प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ ।