बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । चुनावअघि नै रास्वपा र शाहबीच भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।  बिहीबार बालेन र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुबीच भएको छलफलमा उनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय भएको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए ।  छलफलमा वाग्लेसहित अर्का उपसभापति डीपी अर्याल पनि सहभागी थिए ।  त्यसअघि सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम छ । सांसदको शपथ लिएपछि बालेनले प्रधानमन्त्री...