बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाइने

रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने सहमति भएको छ । उक्त सहमति अनुमोदनका लागि १२ गतेतिर केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बिहीबार सभापति रवि लामिछाने र साहसहितका चार नेताबीच भएको छलफलमा सात बुँदे पूर्वसहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।  सर्वसम्मत सहमति भइसकेकाले संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक नपर्ने बताइएको छ । पार्टीको तर्फबाट प्रधानमन्त्रीको शपथ प्रस्ताव चैत १३ गतेका लागि गरिएको छ...