हानिकारक फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न प्रसूति अस्पताललाई कामपाको दुई करोड अनुदान

काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड अनुदान दिने भएको छ । यसका लागि कामपाले प्रसूति तथा स्त्रीरोग अस्पतालसँग सहकार्य सम्झौता गरेको हो । कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा बिहीबार कापमा स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले ...