आज (शुक्रबार) र भोलि (शनिबार) देशका अधिकांश ठाउँमा भीषण हावाहुरी र चट्याङसहित असिनापानी पर्ने आकलन गरिएको छ । आज पश्चिमी क्षेत्रमा र भोलि पूर्वी क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि तीव्र गतिमा हुरी चल्ने अनुमान छ । शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको ...