काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पानी पर्ने मौसम शुरू हुनुअघि नै (कुमारी वहाल) कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन् । छानो जीर्णोद्धार कार्यको बिहीआार अनुगमन गर्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् । बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग गत फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम शुरू भएको हो । सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ । आर्थिक ...