चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षामा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए । उनले भने, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुनेछन् । सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्,...