शपथमा औपचारिक पोसाक लगाएर आउन सांसदहरूलाई आग्रह, दुई घन्टा अगाडि नै उपस्थित हुनुपर्ने

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने जनाएको हो ।  शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो द...