विश्वभर लाखौं महिलाले प्रयोग गर्ने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोनल असन्तुलन र प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू पाइने गरेको एक नयाँ अध्ययनले देखाएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन भएको दाबी गरिएको छ। ‘जर्नल अफ द अमेरिकन केमिकल सोसाइटी’मा प्रकाशित अनुसन्धानमा विग, ब्रेडिङ, बुनाइ र क्लिप–इन जस्ता विभिन्न प्रकारका कृत्रिम तथा मानव कपालबाट बनेका ४३ नमूनाको परीक्षण गरिएको थियो। परीक्षणमा ती नमूनाहरूमा करिब १७० प्रकारका रसायन फेला परेका छन्, जसमध्ये ४८ वटा अन्तर्राष्ट्रिय ...