‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । चुनावअघि नै रास्वपा र शाहबीच भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बन्ने भएका हुन् । बिहीबार बालेन र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुबीच भएको छलफलमा उनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय भएको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए । ०००० रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्...