पछिल्ला केही घण्टाहरूमा खाडी क्षेत्रका प्रमुख राष्ट्रहरूमाथि शृङ्खलाबद्ध मिसाइल र ड्रोन आक्रमण भएका छन्। संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरब र बहराइनले आफ्नो क्षेत्रमा हवाई आक्रमण भएको पुष्टि गर्दै उच्च सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन्। संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट भइरहेका सुरक्षा खतराहरूको सामना गरिरहेको जनाएको छ। मन्त्रालयले हवाई रक्षा प्रणाली सक्रिय रहेकाले आकाशमा विष्फोटको आवाज सुनिन सक्ने भन्दै नागरिकहरूलाई नआत्तिन र सतर्क रहन सूचित गरेको छ। साउदी अरबको रक्षा मन्...