स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० र चाँदी ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ कायम भएको छ । हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको थियो । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० काय...