सिकारीले चलाएको गोली लागेर घाँस काट्न गएकी महिला घाइते, ​ह्याम्स अस्पताल उपचार हुँदै

नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते भएकी छिन् । स्थानीय ४१ वर्षीय कान्छीमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । घटनापश्चात गम्भीर घाइते अवस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको छ । हाल उनको धुम्बाराहीमास्थित ह्याम्स अस्पताल उपचार भइरहेको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थ...