आज बिहान एकजना साथीले फोन गरेर गगन थापाको राजनीतिक भविष्य सकियो भन्दै कुरा शुरू गरे । मैले उनलाई आजै फेसबुकमा राखेको आफ्नो पोस्टको कुरा सुनाएँ । गगन थापाको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय समितिले अस्वीकार गरे ठीक हुन्छ भन्ने मेरो धारणा थियो । साथीले त्यसमा सहमति जनाएनन् । उनले भने, 'त्यसो भए पनि त्यो केवल केही समयको राहत हो, बढीमा तीन महिना । त्यसपछि पार्टीभित्रको समीकरणले उनलाई फेरि सभापति बनाउने छैन ।' उनको दाबी स्पष्ट थियो– पार्टीभित्रको शक्ति सन्तुलन गगनको पक्षमा छैन । मैले भने, 'भविष्य ...