आगामी चार वर्षभित्र भारतको उपभोक्ता बजार र समग्र अर्थतन्त्रमा 'जेन जेड' (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका पुस्ता-जेनजी)को पूर्ण प्रभुत्व रहने देखिएको छ । रेडसियर स्ट्राटेजी कन्सल्टेन्ट्सको हालैको एक रिपोर्टअनुसार, सन् २०३० सम्ममा यो पुस्ताले भारतको कुल जनसंख्याको २७ प्रतिशत हिस्सा ओगट्नेछ र वार्षिक १.३ ट्रिलियन डलर खर्च गर्ने क्षमता राख्ने रिपोर्टमा उल्लेख छ। रिपोर्टमा यो पुस्ताले परम्परागत लेबलहरूलाई अस्वीकार गर्दै समावेशीता, आत्म-अभिव्यक्ति र प्रामाणिकतालाई उच्च प्राथमिकता दिने देखाएको छ। उनीहरूको उपभोक्ता व्यवहार मूल्य-आधा...