विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा देखिएका अवरोध र भू-राजनीतिक अस्थिरताबीच भारतले आफ्नो ऊर्जा प्रणालीलाई अत्यन्तै सुरक्षित र लचिलो बनाएको छ। विगत ११ वर्षमा नरेन्द्र मोदी सरकारले लिएका रणनीतिक निर्णय र संरचनात्मक सुधारका कारण भारत अहिले बाह्य झट्काहरू सहन सक्ने बलियो अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विशेष गरी उत्पादन वृद्धि, ऊर्जा संक्रमण (ट्रान्जिसन) र आपूर्तिको विविधीकरणलाई तीन मुख्य स्तम्भ बनाएर भारतले यो सफलता हासिल गरेको रिपोर्टमा उल्लेख छ । सन् २०१४ अघि सुस्त रहेको इथानोल मिश्रण कार्यक्रमले पछ...