प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजाआराधना

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छिन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम पुगेकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् ।​  त्यस अवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरेका थिए  । मन्दिरका पुजारीबाट स्वस्ति वाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधानमन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका ...