चुनावमा पार्टी पराजयको प्रारम्भिक समीक्षा तथा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । राजीनामा गरेका पार्टी सभापति थापा अनुपस्थित भएपछि उनको कुर्सी खाली राखेर बैठक शुरू भएको हो । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकका लागि २ एजेन्डा तय भएको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए । चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामाबारे आज छलफल हुने उनले बताए । चुनावको विस्तृत सम...