प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा उनीविरुद्ध शुक्रबार विशेषमा नै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्दामा उनलाई सरकारी साक्षी बनाइएको थियो । तर घर्तीले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा मिसिल संलग्न प्रमाणको प्...