नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिको स्प्रिङ एक्सचेन्ज क्याम्प शुरू भएको छ । यो कार्यक्रम यही चैत ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ । यस अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरू लिन सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा ब्रान्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको...