नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ । उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार पेश गरेको चुनावको प्रारम्भिक समीक्षासहितको प्रतिवेदनमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि समावेश छ । विश्वप्रकाशले नेतृत्वमा आएको ५० दिनभित्रै दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने तर्क गरेका छन् । 'राजनीतिमा 'हनिमुन पिरियड' भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको शुरूआति सय दिनलाई । त्यो 'वार्म अप'को अवधिमा उसको कामको सकारात्मक...