सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । प्रतियोगिताको यो २६औं संस्करण हो । भुवनले शुक्रबार इभन पार ६९ खेले । उनले समग्रमा तीन अन्डर दुई सय चारको स्कोरसहित सञ्जय लामालाई एक स्ट्रोकले पछि पार्दै उपाधिमा ह्याट्रिक गरेका हुन् । भुवनले आफ्नो खेलजीवनमा जितेको यो १४औं उपाधि हो । उपाधिसँगै उनले एक लाख ७० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे । यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र सूर्य नेपाल का...