खैरो हेरोइनसहित १ जना पक्राउ

सुनसरीमा खैरो हेरोइनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ बस्ने ४० वर्षीय सुरज खड्का छन् । उनलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।