पछिल्लो समय नेपाली फूटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) एकपछि अर्को विवादमा फसेको देखिन्छ । यति मात्र होइन, एन्फाको वर्तमान कार्यसमिति नै आपसमा विभाजित छ । एकातिर, एन्फा ‘अर्ली इलेक्सन’ मा होमिएको छ । अध्यक्ष, महासचिव लगायतका पदाधिकारी जसरी पनि चैत १३ गते एन्फाको निर्वाचन गर्ने अभियानमा सक्रिय छन् । निर्वाचन गतिविधि पनि निकै अगाडि बढिसकेको छ । अर्कोतिर, एन्फाकै केही पदाधिकारीले एन्फा विधानमा ‘अर्ली इलेक्सन’ को व्यवस्था नै नभएको दाबी गर्दै निर्वाचन रोकिनुपर्ने माग गरिरहेका छन्...