शनिबार ईदको बिदा

सरकारले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो । मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारी बमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी एवं नेपालीहरूमा शुभकामना दिएको छ ।