बुटवलमा खुला लन टेनिस प्रतियोगिता आयोजना

लन टेनिस खेलको विकास र प्रबर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा खुला लन टेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही लन टेनिस संघले यही चैत १६ गतेदेखि चौथो मेयर कप तथा आठौं बुटवल खुला लन टेनिस प्रतियोगिता गर्न लागेको हो । बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल र डबल गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ । संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले ५ दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी २०० भन्दा बढी पुरुष र महिला खेलाडीहरूको सहभागिता रहने जानकारी ...