गत भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित राष्ट्रिय मानव अधिकार आयोगको समितिले प्रतिवेदन बुझाएको छ । आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाएको आयोगका टीकाराम पोखरेलले जानकारी दिए । ‘समितिले आज अध्यक्षलाई प्रतिवेदन बुझाएको छ । अब आयोगको पूर्ण बैठक बसेर त्यसबारे निर्णय गर्छ,’ उनले भने । आयोगले आयोगकी सदस्य थापाको संयोजकत्वमा जेनजी प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लंघनसम्बन्धी...