काठमाडौँको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ । बिहीबारदेखि सुरु भएको मेलाको पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजारबराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईँले जानकारी दिए । उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले ...