मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’

विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो । आज सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतापछि लहान-२ स्थित भानु आधारभूत विद्यालय, लहान-१ स्थित आधारभूत विद्यालय सिंगराही मटियर्वा र लहान-४ स्थित मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठ...