सांसद आशिका तामाङ र धादिङका १३ स्थानीय तहबीचको विवाद  चर्कियो

धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख र धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) आशिका तामाङबीचको विवाद बढ्दै गएको छ। स्थानीय तहले राजमार्गमा उठाउँदै आएको 'पटके कर' र नदीजन्य पदार्थको उत्खनन तथा क्रसर उद्योगको मापदण्डका विषयमा सुरु भएको यो विवाद बढ्दै गएको हो ।  विवादको बिजारोपण सांसद तामाङले सामाजिक सञ्जालमार्फत राजमार्गमा उठाइने अवैध करको कडा विरोध गरेपछि भएको हो। सर्वोच्च अदालतको २०८२ माघ २८ को अन्तरिम आदेशलाई आधार मान्दै उनले राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्...